logo-img

रामचन्द्र पौडेलसहित १० नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत
फाइल तस्वीर

कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत र डा. नारायण खड्कालाई मनोनीत गरेका हुन् ।

यस्तै, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा पनि मनोनीत भएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

मनोनीत भएकामध्ये पौडेल १४ औँ महाधिवेशन प्रक्रियाबाट अलग भएका थिए । उनले विज्ञप्तिमार्फत अस्वस्थ प्रतिस्पर्धा हुने भएपछि महाधिवेशनबाट अलग भएको जनाएका थिए ।

उनी १३ औँ महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएका नेता हुन् । त्यसपछि वरिष्ठ नेताको हैसियतमा उनी रहे ।



मनोनीतमध्येका सिंह र निधि सभापतिमा पराजित भएका थिए । पहिलो चरणको सभापति पदको निर्वाचनमा सिंह तेस्रो र निधि चौंथो भएका थिए । दोस्रो चरणमा उनीहरूले देउवालाई समर्थन गरेर सभापति जिताएका थिए ।

नेता सिंह पार्टीको पूर्वमहामन्त्री हुन् । निधि निवर्तमान सभापति हुन् ।



अर्का नेता गच्छदार उपसभापति पदमा धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । नेतृ कोइराला पनि उपसभापति पदमै पराजित भएकी थिइन् ।

डा. महत भने महामन्त्री पदमा विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १७:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया