धनुषामा सिके राउतका कार्यकर्तामाथि गोली प्रहार, ४ आन्दोलनकारी घाइते

धनुषामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरे‍को छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । 

प्रहरीको गोली लागेर चार जना घाइते भएका छन् । गोली लागेर धिरज मण्डल र नथ्थुराम यादव गम्भीर घाइते भएको जनमत पार्टीको भातृ संगठन प्रेस जनमत संघ केन्द्रीय अध्यक्ष विपी शाहले जानकारी दिए । 

शान्तिपूर्ण धर्नामा बसिरहेका आन्दोलनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको उनको भनाइ छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि वीरेन्द्रबजार लगिएको छ ।   

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केही दिनदेखि ​किसानकार्डको व्यवस्था गर्नुपर्ने, किसानको लागि पेन्सनको व्यवस्था गर्नुपर्ने, बालीनालीको स्वतः बीमा गर्नुपर्ने, कृषि मिटरको व्यवस्था गरेर निःशुल्क विजुलीको व्यवस्था गर्नुपर्ने, मलखाद र बीउबिजनको व्यवस्था गर्नुपर्ने लगायतमा माग अघि सारेर आन्दोलन गर्दै आएका छन् ।

 





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १३:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया