logo-img

स्वास्थ्य मन्त्रालय र कार्यालयबीच समन्वय नहुँदा सर्वसाधारणले दुःख पाए
फाइल तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि बुस्टर डोज खोप दिने सूचना जारी गर्‍यो । सोही आधारमा काठमाडौंका विभिन्न खोप केन्द्रमा आज बिहानैदेखि लक्षित समूहका व्यक्तिहरू खोप लगाउन पुगे । तर, अन्तिममा आएर खोप नलगाई फर्किन बाध्य भए ।

स्वास्थ्य मन्त्रालयले बुस्टर डोज दिनेबारे सूचना हिजो चार बजेतिर जारी गरेको थियो । जुन सूचना सामाजिक सञ्जालमार्फत जारी गरिएको थियो । यसरी सार्वजनिक गरिएको सूचना स्वास्थ्य कार्यालय काठमाडौंले भने थाहा पाएनन् । सूचना ढिलागरी प्राप्त हुँदा जनस्वास्थ्य कार्यालयले खोप केन्द्रमा खोप पठाउन नसकिएको जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले मन्त्रालयबाट ढिलो परिपत्र हुँदा आजदेखि बुस्टर डोज खोप दिन नसकिएको बताए ।  आज बिहान मात्रै मन्त्रालयबाट अतिरिक्त खोप दिनेबारे परिपत्र आएको भन्दै अब भोलिबाट खोप दिइने उनको भनाइ छ । भोलिबाट काठमाडौं, ललितपुर र भक्तपुरमा बुस्टर डोज खोप लगाइने उनको भनाइ छ ।

मन्त्रालयको खोप समन्वय तथा अनुगमन समितिको मंगलबार दिउँसो बैठक बसेको थियो । उक्त बैठकले बुस्टर डोज खोप दिने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रालयले सूचना जारी गरेको थियो । तर, परिपत्र भने ढिलागरी प्राप्त भएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख काफ्लेले बताए ।

जनस्वास्थ्य कार्यालयले खोप केन्द्रमा खोप उपलब्ध गराउन नसक्दा आज तेस्रो डोज खोप लगाउन गएकाहरू खोप नलगाई रित्तो फर्किएका हुन् ।

मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि खोपको अतिरिक्त मात्रा दिन थालिएको हो ।



काठमाडौं उपत्यका बाहेक अन्य जिल्लाहरूमा भने बुस्टर डोज खोप दिने कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १६:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया