ट्याक्टरबाट हामफाल्दा मालिकको ज्यान गयो

सिन्धुलीको मरिण गाउँपालिका–६ मा ट्याक्टरबाट हाम फाल्दा ३० वर्षीय राजेन्द्र बस्नेतको ज्यान गएको छ । उनी गुडिरहेको ट्याक्टरबाट हामफालेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रदेश २–०२–००१ त १३१४ नम्बरको ट्याक्टरबाट बिहीबार दिउँसो हाल्दा गम्भीर उनी घाइते हुन पुगेका थिए । 

प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा उनको निधन भएको हो । उनी सोही ट्याक्टरका मालिक रहेको खुलेको छ । प्रहरीले ट्याक्टर चालकलाई भने नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १८:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया