कोरोना संक्रमणको सुनामीलाई कम नआकौं : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस गेब्रियेससले तीव्र गतिमा फैलिएको ओमिक्रोन भेरियन्टले विश्वभरको स्वास्थ्य सेवामा दबाब परेको बताएका छन्।

गेब्रियेससले स्विट्जरल्यान्डको जेनेभामा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

उनले ओमिक्रोनका कारण डेल्टाको तुलनामा कम जोखिम देखिए पनि यसलाई सामान्य रूपमा नलिन चेतावनी पनि दिएका छन् ।

उनले भने, ‘यस्तो लाग्छ कि ओमिक्रोन भेरियन्ट डेल्टाको तुलनामा कम खतरनाक छ, विशेषगरी ती मानिसहरूलाई जसले खोप लगाएका छन् । तर यसको अर्थ यो होइन कि यसलाई सामान्य ठानौं । पहिलाको भेरियन्टको तुलनामा ओमिक्रोनका कारण पनि मानिसहरू अस्पतालमा भर्ना भएका छन् ।’

गेब्रियेससले स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित बस्न सबैमा आग्रह गरे । 
 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १०:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया