एमाले जिल्ला अधिवेशन : १४ जिल्लासहित १६ क्षेत्रमा निर्विरोध नेतृत्व चयन

एमाले जिल्ला अधिवेशनअन्तर्गत १४ जिल्लासहित १६ क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको छ । नेकपा एमालेले १४ जिल्ला २ गैरभौगोलिक क्षेत्र गरी १६ क्षेत्रमा निर्विरोध नेतृत्व चयन गरेको हो । 

सर्वसम्मत चयन भएका १४ जिल्लामा झापा, मोरङ, धादिङ, खोटाङ, भक्तपुर, काभ्रे, गुल्मी, पाल्पा, बाँके, बर्दिया, अर्घाखाँची, दाङ, डोल्पा र सल्यान रहेका छन् । जसअनुसार झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धादिङमा भूमि त्रिपाठी, काभ्रेमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा र पाल्पामा धनेन्द्रराज घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

त्यसैगरी, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मतकुमार कक्षपती, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुमबहादुर बस्नेत,  डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्द पुन मगर जिल्ला अध्यक्ष्ँमा सर्वसम्मत चयन भएका छन् । 

गैरभौगोलिक क्षेत्रअन्तर्गत मजदूर विशेषमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेष जिल्ला कमिटीमा उमेश ढकाल निवरिोध अध्यक्षमा निर्वाचित भइसकेका छन् ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार २१:११:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया