ब्राजिलमा डुंगामाथि चट्टान खस्दा सात जनाको मृत्यु

ब्राजिलको एक तालमा रहेको डुंगामाथि चट्टान खस्दा सात जनाको मृत्यु भएको छ ।

दुर्घटना ब्राजिलको दक्षिणपूर्वी इलाकामा भएको थियो । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने ३२ जना घाइते भएका छन् ।

घटना स्थानीय समयअनुसार बिहान ११ बजे घटेको हो ।

मिनास गेराइस राज्यमा बितेको केही दिनदेखि वर्षा भइरहेकाले चट्टान खसेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

गोताखोरे र हेलिकप्टरको माध्यमबाट हराएका मानिसको खोजी भइरहेको छ भने घाइतेहरूलाई अस्पताल पुर्‍याइएकाे छ ।

तालको आसपासका मानिसले डुंगामा सवार मानिसलाई सतर्कता अपनाउन आग्रह गरेका थिए । 
 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १४:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया