सिरी ए: राेमाञ्चक जित निकाल्दै इन्टर मिलान शीर्ष स्थानमा

इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएकाे खेलमा घरेलु टाेली इन्टर मिलानले लाजियाेमाथि २-१ काे राेमाञ्चक जित हात पारेकाे छ ।

याे जितसँगै इन्टर सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएकाे छ ।

सान सिराेमा इन्टरलाई जित दिलाउन एलेसान्द्रो बस्टाेनी र मिलान स्क्रिनियर एक-एक गाेल गरे । 

लाजियाेका सिराे इम्माेबिलेले एक गाेल फर्काए ।

खेलकाे ३०औं मिनेटमा बस्टाेनीले गाेल गर्दै घरेलु टाेलीलाई अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा इम्माेबिलेले गाेल गर्दै लाजियाेलाई १-१ काे बराबरीमा ल्याए । ६७औं मिनेटमा स्क्रिनियरले गाेल गर्दै इन्टरलाई राेमाञ्चक जित दिलाए ।



याे जितसँगै शीर्ष स्थानमा उक्लिएकाे इन्टरले २० खेलमा ४९ अंक जाेड्दा एक खेल बढी खेलेकाे एसी मिलान ४८ अंकका साथ दोस्रो स्थानमा छ ।

पराजित लाजियाे २१ खेलमा ३२ अंकका साथ आठाैं स्थानमा छ ।



लिग अन्तर्गत गए राति नै भएका अन्य खेलमा एटलान्टा, सासाेउलाे, स्पेजिया, युभेन्टस, नापाेली र सालेर्निटाना विजयी भएका छन् ।

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ८:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया