logo-img

हब इन्टरनेसनलकाे अष्ट्रेलियन एजुकेसन फेयर भाेलि

हब इन्टरनेसनल एजुकेसनले भाेलि अर्थात् मंगलबार ग्रान्ड अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । हबले यो फेयर आफ्नै कार्यालय रहेको बागबजारमा गर्ने जनाएको छ ।

फेयरमा अष्ट्रेलियाका विभिन्न २० भन्दा बढी कलेज, विश्वविद्यालय तथा शिक्षण संस्थाको सहभागिता हुने जनाएको छ । 

हब इन्टरनेसनल एजुकेसनले १६ वर्षदेखि विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई परामर्श दिँदै आएको छ । ११ जनवरीमा हुने फेयरमा आइइएलटिएस पार्टनरका रूपमा ब्रिटिस काउन्सिल, बैकिङ पार्टनरका रुपमा माछापुच्छ्रे बैंक, वेभरेज पार्टनरका रुपमा ककटेल एन्ड ड्रिङ्क्स रहेका छन् । फेयरमा विद्यार्थीहरुले आइएलटिएसबारे, विदेश अध्ययन गर्न जाँदा आवश्यक आर्थिक व्यवस्थापनबारे जानकारी यी पार्टनरहरूले दिने हब एजुकेसनले जनाएको छ । त्यस्तै, फेयरमा इन्सुरेन्स पार्टनरका रूपमा एलायन्स इन्सुरेन्स अष्ट्रेलियाले पनि साथ दिएको हब एजुकेसनले जनाएको छ ।

लामो समयदेखि अष्ट्रेलियामात्र होइन, अन्य देशमा पनि कोरोनाभाइरसका कारण सीमाहरू बन्द भएका थिए । अब विस्तारै कोरोनाभाइरस महामारीको संकट कम हुँदै गएपछि अष्ट्रेलियालगायतका देशले सीमा खुलेका छन्, विद्यार्थीहरूलाई प्रवेश अनुमति दिएका छन् ।

‘हामीले यो महामारीपछि पहिलो पटक गर्न लागेको यो फेयरमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता हुनेमा हामी आशावादी छौँ,’ हब इन्टरनेसनल एजुकेसनका निर्देशक रामप्रसाद पौडेल भन्छन्, ‘हामीले यो फेयरमा विद्यार्थीहरुलाई अष्ट्रेलियामा अध्ययन गर्दाको अबको सिनारियो र त्यसका लागि हामीलाई चाहिने पूर्वतयारीबारे जानकारी दिँदै छौँ ।’

हब इन्टरनेसनल एजुकेसनले यो फेयरमा नै सहभागी भएका विद्यार्थीहरुलाई फेयर हुने ठाउँमा नै विभिन्न खेलहरु वा प्रतियोगिताहरु खेलाउँदै छ । त्यसमा विजेताहरूले आकर्षक उपहार पाउने पनि हबले जनाएको छ । त्यस्तै, फेयरमा सहभागी विद्यार्थीहरुबाट लक्की ड्रमा ल्यापटप, स्मार्ट वाच पनि दिने हब इन्टरनेसनल एजुकेसनले जनाएको छ ।



हबकी सिइओ सरिता खड्काले यो फेयर आफ्नो वार्षिक कार्यक्रम रहेको बताएकी छिन् । उनले हबले यसअघि बेलायत, न्युजिल्यान्ड तथा भारत र अन्य देशमा पढ्न चाहने विद्यार्थीलाई धेरै फाइदा पुग्ने गरि अन्य फेयर पनि गर्ने गरेको बताएकी छिन् ।

‘विद्यार्थीहरू अष्ट्रेलियामा पढ्न जाने कुरामा अहिले उत्साहित भएको हामीले बुझेका छौँ,’ खड्का भन्छिन्, ‘तर, विदेशमा वा अष्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई परामर्शको आवश्यकता हुन्छ । हामीले यो फेयर गरेर त्यहाँका कलेज तथा शिक्षण संस्थाका सम्बन्धित व्यक्तिहरुबाट नै प्रत्यक्ष तथा रिलायबेल र क्वालिटीको जानकारी प्राप्त होस् भन्ने चाहेका हौँ ।’




 

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १४:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया