टाइगर कप भलिबल : हेल्प नेपालको पहिलो जित

पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लबले पहिलो जित हात पारेको छ ।

हेल्प नेपालले पुरुषतर्फ बुधबार पोखरा रंगशालाको भलिबल कोर्टमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो ।

हेल्प नेपालले २५–१५,२५–२१ र २५–२२ अंकले नतिजा आफ्नो पक्षमा पार्‍यो ।

हेल्प नेपाल पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–२ सेटमा पराजित हुँदा पहिलो हार बेहोरेको आर्मीले विभागीय डर्बीमा नेपाल एपिएफ क्लबमाथि ३–१ सेटको जित हात पारेको थियो ।

महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् । 

एपिएफले न्यू डायमन्ड स्पोर्टस् क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित हात पार्दा साविक विजेता पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १५:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया