प्रधानमन्त्री शेरबहादुर देउवाले माघी र माघे संक्रान्ति पर्वको शुभकामना दिएका छन् ।
पर्वको अवसर पारेर शनिबार बिहान प्रधानमन्त्री देउवाले स्वदेश र विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
विशेषगरी माघी पर्व थारु र माघे संक्रान्ति पर्व मगर समुदायले परापूर्वकालदेखि सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । तर, साझा पर्वको रूपमा दुवै पर्व विकास भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।