डम्मर अवस्थीका हत्यारालाई कानुनी दायरामा ल्याउन विप्लवका कार्यकर्ताको माग

बैतडीको सुर्नया–६ मा बीभत्स हत्या गरिएका आफ्ना कार्यकर्ता डम्मर अवस्थीका सबै हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै विप्लव नेतृत्वको नेकपाले सोमबार सुर्नया गाउँपालिका र वडा नं ६ को कार्यालय घेराउ गरेको छ ।
 
उनीहरुले आजै सतबाँझ–श्रीभावर सडकखण्ड केही समयका लागि अवरुद्ध समेत गरेका थिए । यस्तै सुर्नयाको सन्शेरीमाण्डौं बजारमा विरोध प्रदर्शन गरिएको नेकपाका सुर्नया सचिव अम्बादत्त अवस्थीले बताए ।

डम्मर अवस्थीको हत्यामा संलग्न सबैलाइ खोजी गरी कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, डम्मर अवस्थीलाइ सहिद घोषणा गर्नुपर्ने माग राख्दै सुर्नया ६ नं वडा कार्यालय र गाउँपालिका कार्यालय घेराउ गरिएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव रामसिंह कुँवरले बताए ।

डम्मर अवस्थीको हत्यामा संलग्न हरिश अवस्थीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ भने हत्यामा संलग्न भएको आशंकामा सुर्नया ६ कै नवराज अवस्थीलाइ समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

पीडित परिवारले भने परिवारको सुरक्षाको ग्यारेन्टीनहुँदा सम्म र बाँकी दोषी पत्ता नलाग्दासम्म शव नबुझ्ने बताउँदै आएका छन् ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार २१:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया