स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताबारे संविधानले कल्पना नै गरेको छैन : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् । सत्ता गठबन्धन भित्रबाट नै प्रदेश र प्रतिनिधिसभापछि मात्रै स्थानीय चुनाव गर्ने प्रस्ताव आएको बेला कांग्रेस महामन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूले पनि पहिला स्थानीय तहको निर्वाचन हुनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । यसबीच कांग्रेस महामन्त्री थापाले महामन्त्री थापाले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै संविधानले नगरेको बताएका हुन् ।

उनले चुनावबारे कुनै पनि निर्णय गर्दा पालिका रिक्त हुन पुगेमा त्यो असंवैधानिक हुने पनि बताए । थापाले कांग्रेसले असंवैधानिक कदम नचाल्ने पनि दाबी पनि गरे ।

'हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अत:निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १५:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया