पछिल्लो एक सातामा नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । 

गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ बिन्दुमा पुगेर रोकिएको थियो । 

यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ बिन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो साता  १६५.२८ अंकले बढेको नेप्से परिसूचक यो साता ७३.५९ अंकले बढेको हो । गत साताभन्दा पछिल्लो यो साता नेप्से परिसूचक गिरावट आएको छ ।

साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च बिन्दुमा पुगेको थियो । आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ बिन्दुमा पुगेको हाे । आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक २०.६४ अंक बढेर २९४७.३८ बिन्दुमा पुगेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको थियो । यस दिन कारोबारमा आएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 



पछिल्लो दुई सातादेखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार भने गिरावट आएको थियो । मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ बिन्दुमा झरेको थियो । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको थियो । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, नेप्से परिसूचक बुधबार पनि गिरावट आएको थियोे । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ बिन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको थियो । त्यस दिन कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 



यसरी साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।  बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहीबार ३३ अंकले उकालो लागेको हो । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ बिपन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ । कारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्ति पनि वृद्धि भएको छ । गत साता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । 

गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ सम्पत्ति बढेर  ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १३:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया