भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
फाइल तस्वीर

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

उनको माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । 

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३४६ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १६:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया