रुसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ ।
युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले युक्रेन संकटलाई रुसले नभई अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए ।
यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा राखेको र पूर्वी युरोपतर्फ जहाज र लडाकु विमान पठाउन लागेको जनाएको थियो । जसको रुसले कडा निन्दा गरेको थियो ।
अमेरिका र युरोपका केही देशले रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालन गरेपछि त्यसमाथि प्रश्न उठाइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।