निर्वाचनप्रति सरकार जिम्मेवार छ, समयमै निर्वाचन हुन्छ : सञ्चारमन्त्री

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनजस्तो राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले जनतामा भ्रम छरिरहेको आरोप लगाएका छन् । 

बुधबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले उनले स्थानीय तहको निर्वाचनबारे सरकारले आन्तरिक छलफल गरिरहेको बताए । एमालेले राजनीतिका लागि यो विषयमा अफवाह फैलाएको उनको आरोप छ । 

आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको र संविधान बमोजिम समयमै निर्वाचन हुने उनले बताए ।

मन्त्री कार्कीले संविधानमा रहेको व्यवस्था प्रतिकूल भएका ऐन संशोधन गरी एकरुपता ल्याउन कानुनविदहरुले सुझाब दिएको र सरकारले यसबारेमा छलफल गरिरहेको र उपयुक्त समयमा निर्णय लिइने बताए ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:१६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया