logo-img

इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै इजिप्ट प्रतियोगिताको  क्वार्टरफाइनल प्रवेश गरेको हो ।

डोउला स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा इजिप्टका लागि अहमद सायद (जिजो), अमर एल सोलिया,ओमर कमाल, मोहम्मद अब्देल मोनिम र मोहम्मद सलाहले गोल गरे । आइभरी कोस्टका लागि निकोलस पेपे, इब्राहिम सांगारे, म्याक्सवेल कर्नेट र विलफ्रेड जाहाले गोल गर्दा एरिक बाइली पेनाल्टीमा चुक्न पुगे ।

गएराति नै भएको अर्को खेलमा मालीलाई सडन डेथमा ६–५ ले पराजित गर्दै इक्वाटोरियल गिनियाले पनि क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भयो । 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ७:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया