सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली आजै मध्यरातबाट हट्ने
फाइल तस्वीर ।

कोरोनाभाइरस रोकथामका लागि भनेर लगाइएको सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली आजै रातिबाट हट्ने भएको छ । केही दिनअघि सार्वजनिक सवारीमा पनि जोरबिजोर प्रणाली लगाइएको थियो । 

तर, यसले भीडभाड थप बढाएको भन्दै यसको व्यापक आलोचना भएको थियो ।

शुक्रबार यही विषयमा छलफल गर्न उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । बैठकले सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

तर, यो निजी सवारी तथा ट्याक्सीमा भने कायमै रहने बताइएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले यो प्रणाली आजै मध्यरातबाट हट्ने बताएका छन् ।






  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १९:९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया