logo-img

क्यामरुन अफ्रिका कप अफ नेसन्सकाे सेमिफाइनलमा

आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्सकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । गएराति भएको पहिलो क्वाटरफाइनलमा गाम्बियामाथि २-० को सहज जित हात पार्दै क्यामरुनले प्रतियोगिताको सेमिफाइनल  प्रवेश गरेकाे हो । 

डाेउला स्टेडियममा भएको खेलमा घरेलु टाेलीलाई जित दिलाउन दुवै गोल कार्ल टाेकाे इकाम्बीले गरे । उनले खेलकाे ५० औं मिनेटमा काेलिन्स फाइकाे पासमा गोल गर्दै क्यारुनलाई अग्रता दिलाएका थिए ।

५७ औं मार्टिन हाेङ्गलाकाे पासमा इकाम्बीले नै व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टाेलीले २-० को सहज जित निकाल्दै   सेमिफाइनल यात्रा तय गर्‍यो ।

गएराति नै भएकाे दोस्रो क्वाटरफाइनलमा ट्युनिसियमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै बुर्किना फासाेले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेकाे छ । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ७:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया