स्कुटरको ठक्करबाट एककाे मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ शिवपुर चोकमा स्कुटरको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका-९ अत्तरखेल बस्ने ३८ वर्षीय विरेन्द्र महतो रहेका छन् । 

दुर्घटना हिजाे बेलुका भएकाे हाे ।

बा ६५ प ५३५२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका महताेलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका महताेकाे उपचारकाे क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । 

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ९:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया