logo-img

पुनरागमन जित निकाल्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सकाे सेमिफाइनलमा

माेरक्काेलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सकाे सेमिफाइनल प्रवेश गरेकाे छ । गएराति अहमदाै अहिद्जाे स्टेडियममा भएकाे तेस्रो क्वाटरफाइनलमा १ गोलले पछि परेकाे अवस्थालाई उल्टाएर २-१ को रोमाञ्चक जित हात पार्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलकाे छैटौं मिनेटमा सोफियन बाेउफलले पेनाल्टीमार्फत गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा कप्तान मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियाे । १०० औं मिनेटमा अहमेद इब्राहिम हसनले गोल गरेपछि २-१ को रोमाञ्चक जित निकाल्दै इजिप्टले सेमिफाइनल यात्रा तय गर्‍यो ।

गएराति नै भएकाे चाैथो तथा अन्तिम क्वाटरफाइनलमा इक्वाटाेरियल गिनियालाई ३-१ ले पराजित गर्दै सेनेगलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेकाे छ ।

याेसँगै प्रतियाेगिताको सेमिफाइनल समीकरण पनि पूरा भएकाे छ । फाइनल प्रवेशका लागि इजिप्टले आयोजक क्यामरुन तथा सेनेगलले बुर्किना फासाेकाे सामना गर्नेछन् । 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार ७:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया