logo-img

बीमा समितिले गर्‍यो ११ बीमा कम्पनीलाई कारबाही

बीमा समितिले ११ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । वार्षिक लेखापरीक्षण नबुझाउने बीमा कम्पनीलाई समितिले कारबाही गरेको हो ।

कारबाहीमा पर्ने बीमा कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेशनल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सलाई पनि समितिले कारबाही गरेको छ ।

समितिले बीमा कम्पनीलाई १० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष सकिएको १० महिनाभित्र बुझाउनुपर्ने कानुनी व्यवस्था छ । लेखापरीक्षण पेस नगरेर कम्पनीहरूले कानुन उल्लंघन गरेको पाइएकाले कारबाही गरिएको समितिले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १८:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया