logo-img

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

बुर्किना फासोमाथि ३-१ को सहज जित निकाल्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ । गएराति अहमदौ अहिद्जो स्टेडियममा भएको पहिलो सेमिफाइनलमा सेनेगलको जितमा एबदौ दाइलो, इद्रिसा गुइए र सादियो मानेले १–१ गोल गरे ।

बुर्किना फासोका लागि बलाटी टोउरेले १ गोल फर्काए । खेलको ७० औं मिनेटमा दाइलोको गोल मार्फत सेनेगलले अग्रता लिएको थियो । ७६ औं मिनेटमा गुइएले टोलीको अग्रता दोब्बर बनाए ।

८२ औं मिनेटमा टोउरेले खेललाई २-१ को अवस्थामा ल्याए । ८७ औं  मिनेटमा मानेले गोल गरेपछि सेनेगलले ३-१ को सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित  गर्‍यो ।

सेनेगलले अब उपाधिको लागि क्यामरुन र इजिप्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार ७:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया