७० प्रतिशत नेपालीले लगाए खोपको पूर्ण मात्रा, डब्लुएचओले दियो बधाई

नेपालमा लक्षित उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेका छन् । ७० प्रतिशत नागरिकले खोप लगाएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ ।

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले आधिकारिक ट्विटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबार मात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो । 

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्युएचओ नेपालले भनेको छ । 

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १७:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया