पशुपति क्षेत्र विकास कोषले अनधिकृत रुपमा सञ्चालनमा रहेका अस्थायी टहरा हटाउने

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनाधिकृत रुपमा सञ्चालनमा रहेका अस्थायी टहरा हटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहरा हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिएका हुन् । 

फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहरा हटाउन लागिएको उनले स्पष्ट पारे । प्रवक्ता अधिकारीले भने, ‘यसलाई हटाउने भन्ने विषय मिडियामा आइराखेको छ । यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नुपर्दछ ।’

पशुपति क्षेत्रको आफनै ऐन, कानुन रहेको र कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा कोषको रणनीतिमा रहेको उनले बताए । ‘त्यसबाहेक अन्यत्रजस्तो जथाभावी पसल खोल्ने हाम्रो नीति होइन, छैन र हुनु पनि हुँदैन,’ उनले भने, ‘केही अरु पनि पसल राखिएका थियो । व्यवस्थित ठाउँ बनाएर पछि ती टहरा हटाउन लागिएको हो ।’ 

कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायत व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरुको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायता धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए । 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १८:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया