logo-img

अफ्रिका कप अफ नेसन्समा क्यामरुनलाई तेस्रो स्थान

अफ्रिका कप अफ नेसन्सअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा आयोजक क्यामरुन विजयी भएको छ । गएराति सम्पन्न खेलमा बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै क्यामरुन विजयी भएको हो । 

निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा क्यामरुनका लागि एबोरिस ओयोन्गो, पिएरी कुन्डे, कार्ल टोको इकाम्बी, मौमी नग्मलेउ र भिसेन्ट अबौबाकरले गोल गरे ।

बुर्किना फासोका लागि स्टिभ यागो, सौमइला ओउटारा र इस काबारेले गोल गर्दा बलाटी टोउरे चुके । यसअघि अहमोदौ स्टेडियममा बुर्किना फासोले ३ गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । खेलको १२ औं  मिनेटमा स्टिभ यागोको गोलमार्फत बुर्किना फासोले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा क्यामरुनका गोलरक्षक आन्द्रे ओनानाले आत्मघाती गोल गर्दा बुर्किना फासो २-० ले अघि बढ्यो । ४९ औं  मिनेटमा डान्गो ओउटाराले टोलीलाई ३-० को आरामदायी अग्रता दिलाएका थिए ।

तीन गोलले पछि परे पनि घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो । ७१ औं  मिनेटमा स्टेफन बहोकिनले गोल गर्दै क्यामरूनलाई ३-१ को अवस्थामा ल्याए ।

भिसेन्ट अबौबाकरले  ८५ र ८७ औं  मिनेटमा गोल गरेपछि खेल अतिरिक्त  समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटसम्म पुग्यो । जसमा क्यमरुनले बाजी मार्न सफल भयो ।



सेमिफाइनलमा क्यामरुन इजिप्ट तथा बुर्किना फासो सेनेगलसँग पराजित भएका थिए ।  



  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार ८:१६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया