logo-img

अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि इजिप्ट र सेनेगल भिड्दै

अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि इजिप्टले सेनेगलको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज राति पौने १ बजे क्यामरुनले पउल बिया स्टेडियममा हुनेछ । 

प्रतियोगिताको सर्वाधिक सफल टोली इजिप्ट दसौंपटक फाइनल खेल्दैछ । ऊ आठौँपटक उपाधि उचाल्ने प्रयासमा हुनेछ । यसअघि इजिप्टले १९५७, १९५९, १९८६ १९९८, २००६,२००८ र २०१० मा उपाधि जित्दा सन् १९६२ र २०१७ को फाइनलमा पराजय बेहोरेको थियो । 

तेस्रोपटक फाइनल खेल्दै गरेको सेनेगल पनि पहिलोपटक उपाधि जित्ने दाउमा हुनेछ । यसअघि सेनेगलले सन् २००२ र सन् २०१९ को फाइनल खेलेको थियो । 

यो खेललाई इंग्लिस क्लब लिभरपुलका दुई स्टार मोहम्मद सलाह र सादियो मानेबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । इजिप्टलाई फाइनलसम्म पुर्‍याउन कप्तान सलाहले २ गोल गरेका छन् । प्रर्दशन सोचे अनुरूपको नभए पनि उनी सेनेगलका लागि घातक बन्न सक्छन् । 

सेनेगलका कप्तान मानेले पनि प्रतियोगितामा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेका छैनन् । तर, हालसम्म ३ गोल गरेका उनी इजिप्टका लागि खतरा बन्नसक्ने खेलाडी हुन् । इजिप्टले आयोजक क्यामरुन र सेनेगलले बुर्किना फासोलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । 

यस्तो फाइनलसम्म इजिप्ट र सेनेगलको प्रदर्शन  



इजिप्ट

समूह चरणको पहिलो खेलमै नाइजेरियासँग १–० को पराजय बेहोरेको इजिप्टले त्यसपछि भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । उसले समूह चरणका अन्य खेलमा गिनिया बिसाउ र सुडानमाथि समान १–० को जित हात पार्‍यो । 



प्रि–क्वाटरफाइनलमा आइभोरी कोस्टलाई पेनाल्टी सुटआउमा ५–४ ले हराएको इजिप्टले क्वाटरफाइनलमा मोरक्को चुनैतीलाई अतिरिक्त समयमा २–१ ले पन्छायो । 

सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट १० औँ पटक अफ्रिका कप अफ नेसन्सको फाइनल पुगेको हो । 

सेनेगल

समूह चरणको पहिलो खेलमा जिम्बावेलाई १–० ले हराएको सेनेगलले त्यसपछिका खेलमा गिनिया तथा मालवीसँग गोलरहित बराबरी खेल्यो । प्रि–क्वाटरफाइनलमा केप भार्डेको चुनैतिलाई २–१ ले पन्छाएको सेनेगलले क्वाटरफाइनलमा इक्वाटोरियल गिनियालाई ३–१ ले हरायो । 

सेमिफाइनलमा बुर्किना फासोमाथि ३–१ को सहज जित निकाल्दै सेनेगलले तेस्रोपटक अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको हो ।  

  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १३:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया