एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह गरेका छन् ।

उनले एमसीसीले नेपालको हितभन्दा पनि जनमत विभाजनको कारण गम्भीर अहित हुने देखिएको भन्दै एमसिसी फिर्ता लान अमेरिकासँग आग्रह गरेका हुन् । गौतमले एक विज्ञप्ति जारी गर्दै एमसिसी फिर्ता गर्दा नै श्रेयस्कर हुने दाबी बताएका छन् ।

यो सम्झौताले छिमेकीसँगको सम्बन्ध बिग्रिने र नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने आशंका उब्जिएको उनले बताए । उनले एमसिसीमा गरिएको सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका गरिरहेको पनि बताएका छन् ।

'नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसिसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु' विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १४:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया