logo-img

अफ्रिका कप अफ नेसन्स जीवनकै सबैभन्दा उत्कृष्ट उपाधि हो : माने

सेनेगलले भर्खरै पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । त्यो पनि सर्वाधिक सफल टोली इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी तथा कप्तान सादियो मानेले सेनेगललाई उपाधि दिलाउन निर्णायक पेनाल्टी प्रहार गरेका थिए । मानेको यो गोल किन विशेष छ भने उनले खेल अवधिमै पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेका थिएनन् । 

सेनेगलले सन् २००२ र सन् २०२१ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो । 

इंग्लिस क्लब लिभरपुलका फरवार्ड माने भन्छन्, ‘फाइनल जितेको दिन मेरो जीवनकै सबैभन्दा खुसीको क्षण थियो । मैले लिभरपुलका लागि इंग्लिस प्रिमियर लिग र युईएफए च्याम्पियन्स लिग जितेको छु । तर, आजको उपाधि विशेष छ । त्यसैले म धेरै खुसी छु । यो खुसी मेरो मात्र नभएर मेरो परिवार र सेनेगली जनताको पनि हो ।’

माने जितको श्रेय आफ्नो टोलीलाई दिन्छन् । 

‘जब मैले पहिलो पेनाल्टी मिस गरेँ, त्यो मेरा लागि निकै ठुलो धक्का थियो । त्यति बेला साथीहरू आएर भनेका थिए- हामी हारे पनि सँगै हार्छौँ र जिते पनि सँगै जित्छौँ । हामीलाई थाहा छ तिमीले टोलीलाई यहाँसम्म ल्याउन धेरै गरेका छौ । यसलाई जारी राख’, मानेले भने ।



‘यसले मलाई बलियो बनायो र मलाई लाग्छ दोस्रोपटक पेनाल्टी प्रहार गर्दा काम गर्‍याे । साथीहरूकाे कारणले जित हासिल भयाे । सेनेगेली टोलीका सम्पूर्ण सदस्य यो ट्रफीको हकदार छन्’, उनले थपे ।

टोलीले उपाधि जितेपछि खुसीयाली मनाउन राजधानी डकारमा हजारौँ जनता सडकमा ओर्लेका थिए । उपाधि विजेता टोलीलाई सोमबार भब्य स्वागत गरिएको थियो । 



सेनेगली सरकारले पनि टोलीले चुमेको सफलतामा खुसीयाली मनाउन सोमबार राष्ट्रिय विदाको घोषणा समेत गरेको थियो ।  

  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १६:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया