संक्रमितभन्दा डिस्चार्ज हुने बढी, २४ घण्टामा विश्वभर २८ लाखले जिते कोरोना

गत २४ घण्टामा विश्वभर २४ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा सबैभन्दा बढी रसियामा १ लाख ९७ हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ । त्यहाँ दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । 

बुधबार रसियामा १ लाख ८३ हजार नयाँ संक्रमित थपिएका थिए । हालसम्म त्यहाँ १ करोड ३३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । गत २४ घण्टामा २४ लाख संक्रमित थपिएसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ६१ लाख ३७ हजार नाघेको छ ।  

त्यस्तै, साे अवधिमा २८ लाखभन्दा बढी व्यक्ति संक्रमण मुक्त भएका छन् । हालसम्म विश्वभर संक्रमण मुक्त हुनेको संख्या ३२ करोड ५९ लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय संक्रमितले ज्यान गुमाएका छन् ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ लाख ७ हजार पुगेको छ । हाल विश्वभर ७ करोड ४३ लाख सक्रिय संक्रमित रहेका छन् । 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार ८:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया