logo-img

आजदेखि नेपाली रेलको प्राविधिक परीक्षण, अर्को महिना उद्घाटन गरिने

आजदेखि नेपाल रेल्वे कम्पनीले यात्रुबिना रेल सञ्चालन गर्दैछ । कम्पनीले इनर्वादेखि कुर्था र कुर्थादेखि इनर्वासम्म दैनिक एक पटक रेल सञ्चालन गर्न लागेको हो । 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका प्राविधिक अवस्था बुझ्न यात्रुबिनाको रेल चलाउन लागिएको हो । ‘आइतबारदेखि करिव एक हप्तासम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको छ । धेरै दिनदेखि थन्काएर राखिएकोले रेल्वेको प्राविधिक अवस्था बुझ्न हामीले यात्रुबिनाको रेल चलाउन लागेका हौँ,’ उनले फरकधारसँग भने ।

लिकमा हाटबजार र आवतजावतमा समेत रोक लगाइएको जानकारी दिँदै झाले पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत सर्वसाधारणलाई जानकारी गराइसकिएको बताए ।

‘तालिम लिएका ५९ जना नेपाली कर्मचारी र १४ जना भारतीय कर्मचारी आइतबारदेखि काममा खट्नेछन् । १२ जना भारतीय कर्मचारी भने उद्घाटनपछि आउने छन्,’ उनले भने । 

महाप्रबन्धक झाले रेल्वे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको बताए । उनले आइतबार बिहान १० बजे इनर्वाबाट चल्ने रेल्वे बिहान ११ बजेसम्म जनकपुरधाम आइपुग्ने जानकारी दिए ।

‘हामीले आगामी महिनाको पहिलो वा दोस्रो सातामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ,’ महाप्रबन्धक झाले भने । 



रेल उद्घाटनपछि सुरुका एक हप्तासम्म दिनको एकपटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए ।

२ असोज २०७७ असोजमा भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा थन्क्याइएको छ । 



  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ७:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया