logo-img

ला लिगामा एटलेटिको मड्रिडको रोमाञ्चक जित

स्पेनिस ला लिगामा आज बिहान सम्पन्न खेलमा घरेलु टोली एटलेटिको मड्रिडले गेटाफेमाथि ४–३ को रोमाञ्चक जित हात पारेको छ । ​स्टेडियो वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोलाई जित दिलाउन एन्जल कोरेआले दुई तथा म्याथ्युज कुन्हा र मारियो हर्मोसोले गोल गरे ।

गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरे । खेलको नवौं मिनेटमा लुइस स्वारेज पेनाल्टीमा चुक्दा एटलेटिको अग्रता लिन चुकेको थियो । १९ औं मिनेटमा कोरेआले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । २७ औं मिनेटमा कुन्हाले टोलीको अग्रता दोब्बर बनाए ।

३० औं मिनेटमा मायोरलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३७ औं  र ४२ औं मिनेटमा युनालले पेनाल्टीमार्फत गोल गरेपछि घरेलु टोली ३–२ ले पछि पार्‍यो ।

पहिलो हाफको थप गरिएको समयमा कोरेआले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

मोउरो एरामवारीमाथि अनावश्यक फउल गरेपछि फिलिपेले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि ५८ औं मिनेटमा एटलेटिको १० खेलाडीमा सिमित बन्यो ।

८९ औं मिनेटमा हर्मोसोले गोल गर्दै घरेलु टोलीलाई ४–३ को रोमाञ्चक जित दिलाए । जितसँगै एटलेटिको २३ खेलमा ३९ अंकका साथ चौथो स्थानमा उक्लँदा पराजित गेटाफे २४ खेलबाट २५ अंक जोडेर १५ औं स्थानमा छ ।



लिगअन्तर्गत नै भएका अन्य खेलमा ओसासुनाले रायो भालेकानोलाई ३–० ले हराउँदा रियल मड्रिडले भिल्लारियल तथा काडिजले सेन्टा भिगोसँग गोल रहित बराबरी खेले । 




  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ८:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया