अब बक्र रेखे राजनीतिमाथि ब्रेक हान्‍नुपर्छ : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रजातन्‍त्रसँगै हिड्न नसक्ने बताएका छन् । सत्तारूढ सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संसदमा महाअभियोग दर्तापछि प्रतिक्रिया दिँदै यस्तो बताएका छन् ।

उनले देउवाले पहिले दरबारसँग मिलेर र अहिले सत्ता गठबन्धनका नेताहरूसँग मिलेर प्रजातन्त्रलाई बक्र रेखामा हिँडाएको बताए । उनले सत्ता गठबन्धन बक्र रेखे राजनीतिमाथि ब्रेक हान्नुपर्ने अवस्था आएको पनि औँल्याए ।

'देउवा र डेमोक्रेसीसँगै हिड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन । स्वयमसिद्ध तथ्य नै सावित भयो । पहिले दरवारसँग अहिले परमादेशी कोटरीसँग मिलेर । जे होस्, छलागंमय दिनको छनोट निकै राम्रो । अब बक्र रेखे राजनीतिमाथि कडा ब्रेक हानिदिनु पर्छ । राजनीतिमा सरल रेखा पनि हुन्छ भन्ने पुष्टि गर्न,' उनले भनेका छन् ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १८:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया