‘डाक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’काे ट्रेलर सार्वजनिक

मार्भल चलचित्र ‘डाक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर सानदार छ र प्रशंसकहरूको अपेक्षा पूरा हुने अनुमान गर्न सकिन्छ । ट्रेलरको सुरुवात एउटा सपनाबाट हुन्छ र त्यसपछि यो सपना नै मानिसको निन्द्रा हडप्न पर्याप्त हुन्छ । संसारलाई बचाउने जिम्मेवारी स्ट्रेन्जको काँधमा छ ।

चलचित्रमा दर्शकले मल्टिभर्स ट्र्याक पनि हेर्न पाउनेछन् । जसका कारण मानव संसार खतरामा परेको देखिनेछ । डाक्टर स्ट्रेन्जले कसरी मल्टिभर्सको ढोका खोल्छन् र मानव संसारलाई यसबाट आउने समस्याबाट जोगाउनेछन्, त्यसका लागि चलचित्र नै हेर्नपर्ने हुन्छ।

चलचित्र ६ मेमा रिलिज हुनेछ ।

डाक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस स्कट डेरिक्सनको २०१६ को फिल्म डाक्टर स्ट्रेन्जको सिक्वेल हो । सिक्वेललाई धेरैले मन पराएका थिए । 

बेनेडिक्ट कमबरब्याचले अभिनय गरेको चलचित्रमा एलिजाबेथ ओल्सेन र रचेल म्याकएडम पनि रहेका छन् ।



चलचित्रका निर्देशक साम रैमी हुन् । 



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार ११:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया