एमालेले भन्यो : आवश्यक पर्दा सडक, सदन र अदालतबाट प्रतिवाद गर्छौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्दशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत उद्धेश्यका साथ आएको बताएको छ । 

संसद सचिवालयमा हिजो अकस्मात दर्ता भएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग दर्ताबारे आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको थियो।

बैठकमा केही सांसदहरूले आफ्नो धारणा राखेका थिए । सांसदहरू घनश्याम भुसाल, भीम रावल, गोकुल बास्कोटा, महेश बस्नेत लगायतले आफ्नो धारणा राखेका हुन्।

महाअभियोग दर्ताको विरुद्धमा एमालेले भनिरहँदा प्रधानन्यायाधीशलाई बोकेर हिँड्न नहुने तर्क उनीहरूले राखेका थिए । जवाफमा अध्यक्ष ओलीले आवश्यक पर्दा यी गलत कदमको प्रतिवाद गर्ने बताएका थिए । 

‘उहाँ(प्रधानन्यायाधीश) प्रति नेकपा एमालेको आलोचना रहँदै पनि आएको थियो । यो जुन बेलामा जसरी आयो, जे नियतले आयो । त्यो ३ वटा कुरामा थियो । एउटा- अदालतलाई गिजोलिरहने, दोस्रो- एमसिसी पास गर्ने र तेस्राे- निर्वाचन सार्ने’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक विशाल भट्टराईले भने, ‘यो गलत उद्धेश्यका साथ आएको छ । हामीले त्यसको प्रतिवाद गर्नुपर्छ । त्यो प्रतिवाद आवश्यक पर्दा सडकबाट पनि गर्नुपर्छ, आवश्यक पर्दा सदनबाट पनि गर्नुपर्छ र आवश्यक पर्दा अदालतबाट पनि गर्नुपर्छ । हामीले यसलाई प्रतिवाद गर्नुपर्छ भनेर अध्यक्षले बोल्नुभएको छ ।’
 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १५:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया