logo-img

एमाले वडा कमिटीले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान

नेकपा (एमाले) वीरेन्द्रनगर–५ को वडा कमिटीले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कमिटीले मंगलबार कालिका मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा तीन सयभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरी फलफूल वितरण गरेको हो ।
 
एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले ज्येष्ठ नागरिकलाई फलफूल वितरणसँगै खादा ओढाएर सम्मान गरेका हुन् । सो क्रममा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्ने तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको सम्झनामा फोटो फ्रेम पनि उपहार दिइएको छ । 

सम्मान कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कँडेलले एमाले ज्येष्ठ नागरिकको सहारा बनिरहेको बताए । एमाले सरकारले सुरु गरेको वृद्धभत्ताले ज्येष्ठ नागरिकलाई जीवनयापन र औषधि उपचारमा सहज भएको बताउँदै उनले आगामी दिनमा पनि सामाजिक सुरक्षाका सवालमा पार्टी गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाए । 

‘एमालेले विगतदेखि नै हरेक अवस्थाका नागरिकको संरक्षण र हितमा काम गरिरहेकै छ,’ उनले भने, ‘हाम्रै सरकारले थालनी गरेको वृद्धाभत्ता अहिले चार हजार पुगेको छ ।’ 

एमालेका नीति कार्यक्रम जनपक्षीय हुने दाबी गर्दै नेता कँडेलले ज्येष्ठ नागरिक भत्ताजस्तो लोकप्रिय कार्यक्रमले त्यसको पुष्टि भइसकेको उल्लेख गरे ।
 
वडा कमिटी अध्यक्ष वासु आचार्यको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा एमाले केन्द्रीय सदस्य मोहनमाया ढकाल, जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना, जिल्ला कमिटी सदस्य पूर्णप्रसाद पौडेललगायत नेताको उपस्थिति थियो ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १९:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया