चुच्चे नक्सा नराखिनु राष्ट्रिय अखण्डताको अपमान : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले सरकारले प्रकाशन गरेको पुस्तकमा छापिएको निसान छापमा चुच्चे नक्सा हराएको भन्दै सरकारको आलोचना गरेका छन् । 

सरकारले प्रकाशन गरेको 'तस्वीरमा सरकारका १०० दिन' नामक पुस्तकमा छापिएको निसान छापमा चुच्चे नक्सा गायब भएको भन्दै आलोचना भइरहेको छ ।

उनले सरकारी पुस्तकमा नेपालको निसान छापमा नेपालको नक्सा चुच्चोरहित किन ? सरकारको सय दिनको उपलब्धि यही हो त ? या वाह्य शक्तिलाई खुशी पार्ने प्रपञ्च ? हो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । उनले संसदले सर्वसम्मतिबाट पारित गरेको नक्सा नराखिनु राष्ट्रिय अखण्डताको अपमान भएको बताए ।

'प्रधानमन्त्री देउवाको तस्वीर राखिएको सरकारका सय दिन भन्ने पुस्तिकाको मुखपृष्ठमा नेपालको निसान छापमा नेपालको नक्सा चुच्चो रहित किन ? सय दिनको उपलब्धि यही हो त ? या वाह्य शक्तिलाई खुशी पार्ने प्रपञ्च ? संसदले सर्वसम्मतिबाट पारित गरेको नक्सा नराखिनु राष्ट्रिय अखण्डताको अपमान हो । देशभक्ति खै ?' उनले भने ।

यसअघि एमाले सचिव योगेश भट्टराईले पनि सरकारको आलोचना गरेका थिए । उनले लापरबाही गर्नेलाई कारबाही गर्न र प्रधानमन्त्री देउवाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका थिए ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १९:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया