ललितपुर मेयर कप महिला क्रिकेट १० फागुनदेखि, यस्तो छ खेलतालिका

दोस्रो संकरणकाे ललितपुर महिला टी-१० प्रतियोगिता १० फागुनबाट हुने भएकाे छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार  प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक गरेकाे हाे ।

तालिका अनुसार उद्घाटन खेलमा ललितपुर मेयर ११ र सुदुरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्  । याे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ
 ।

साेही दिन दिउँसाे १ बजे त्रिविमै हुने दोस्रो  खेलमा  साविक विजेता नेपाल एपिएफ क्लबले प्रदेश -१ काे सामना गर्ने ।

यी चार टाेली सहित लुम्बिनी प्रदेशकाे सहभागिता रहने सिंगल राउन्ड राेबिनकाे आधारमा सञ्चालन हुने प्रतियोगिता १६ गतेसम्म चल्ने छ ।

समूह चरणपछि शीर्ष दुई टाेलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १७:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया