ए डिभिजन लिग : जित्नै पर्ने दबाबमा फ्रेन्ड्स र च्यासल

सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरण (शनिबार) बाट सुरु हुँदैछ । आज सुरुवाती दुई खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । याे खेल दिउँसो १ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स र च्यासलका लागि याे खेल महत्वपूर्ण छ । दुबै टोली रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाबमा छन् ।

११ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको फ्रेन्ड्स च्यासललाई हराएर रेलिगेसनको दबाबबाट माथि निस्कन चाहन्छ ।

११ खेलमा ६ अंक जोडेर पुछारमा रहेको च्यासले याे खेलमा हार ब्यहोरे रेलिगेसनमा पर्ने निश्चित छ, त्यसैले उसलाई रेलिगेसनकाे डर कम गर्न जित्नै पर्ने दबाब छ ।

साँझ पाैने पाँचबाट दशरथ रंगशालमै हुने दोस्रो खेलमा लिग विजेता बनिसकेकाे मछिन्द्र फुटबल क्लबले थ्रिस्टार क्लबकाे सामना गर्नेछ ।



११ खेलमा २९ अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्र थ्रिस्टारलाई हराएर अपराजित यात्रा कायम राख्ने साेचमा छ ।

११ खेलमा १८ अंक जोडेर चौंथो स्थानमा रहेको थ्रीस्टार पनि मछिन्द्रलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार ९:५२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया