यस्तो छ च्यासलको 'ए' डिभिजन लिग यात्रा

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएसँगै च्यासल युथ क्लब एक खेलअगावै दोस्रो डिभिजनमा झर्ने पक्का भएको छ ।

दशरथ रंगशालामा फ्रेन्ड्सका लागि दुवै गोल जमोल एन्थोनी फान्कोइसले गर्दा च्यासलका लागि मोसा अबगानाले एक गोल फर्काए ।

योसँगै च्यासल शीर्ष डिभिजनमा मात्र तीन सिजन टिक्न सक्यो । ऊ विसं २०७२ सालमा बी डिभिजनको विजेताको हैसियतले शीर्ष डिभिजनमा उक्लिएको थियो ।

यस्तो छ च्यासलको ए डिभिजन यात्रा

विसं. २०३७ मा स्थापित भएको च्यासल युथ क्लब विसं. २०७२ मा ‘बी’ डिभिजन विजेताको हैसियतले शीर्ष डिभिजनमा बढुवा भएको थियो ।

२०७४ मा लिग नहुँदा च्यासलले विसं. २०७५ मा पहिलोपटक शीर्ष डिभिजन खेलेको थियो । डेब्यु सिजनमा च्यासल आठौं स्थानमा रह्यो । २०७६ को लिगमा नवौं स्थानमा रहेको च्यासल यो सिजन भने रेलिगेसनमा परेको छ ।



यो सिजनमा च्यासलको प्रदर्शन

यो सिजनमा च्यासलले १२ मध्ये मात्र एक खेलमा जित हात पर्दा तीन बराबरी र आठ पराजयको नतिजा निकाल्यो ।



पहिलो खेलमा थ्रीस्टार क्लबसँग ३–० ले पराजित च्यासलले दोस्रो खेलमा एपिएफलाई १–० ले हराएको थियो ।

च्यासलले तेस्रो खेलमा न्युरो टिम (एनआरटी) सँग १–१ को बराबरी खेल्दा चौथो खेलमा त्रिभुवन आर्मीसँग २–० र पाँचौ खेलमा जावलाखेल युथ क्लबसँग १–० को हार बेहोर्यो ।

हिमालयन शेर्पासँगको छैटौं खेल ३–१ ले गुमाएको च्यासलले सातौं खेलमा संकटालाई गोलरहित बराबरीमा रोकेको थियो ।

आठौं खेलमा मनाङ मर्स्याङ्दीसँग ५–० नवौं खेलमा नेपाल पुलिससँग २–१ तथा दसौं खेलमा मछिन्द्र क्लबसँग २–० ले हार बेहोरेको च्यासलले ११ औँ खेलमा बिग्रड ब्वाइजलाई गोल रहित बराबरीमा रोकेको थियो ।

च्यासलले आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १६:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया