अमेरिकामा जारी आपतलाई बाइडेनले दिए निरन्तरता
फाइल तस्वीर

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन् ।

कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

पुष्टि भएका सङ्क्रमण केसहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९  सङ्क्रमितको कुल सङ्ख्या ८ करोड नाघेको छ ।  

त्यसैगरी ५ करोड भन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९ लाख ५८ हजार ३०० सङ्क्रमितको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १६:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया