एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । 

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहीबेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुँदैछ । 

नेकपा समाजवादीभित्र एमसिसीलाई समर्थन गर्ने नगर्नेबारे विवाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसिसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आएका छन् । 

अध्यक्ष नेपाल पक्षले एमसिसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ ।  

अब परिमार्जनको विषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले बताइन् । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १३:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया