logo-img

देउवा-ओली रणनीति : सभामुखविरुद्ध महाभियोग, प्रदेशसहित संघीय सरकारमा एमालेको उपस्थिति

एमसिसी विवादकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यका लागि छलफल अघि बढाएका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित गरेर प्रधानमन्त्री देउवाले एमालेसँगको वार्ता अघि बढाएको छ । 

सत्ता गठबन्धनमा एमसिसीबारे मत विभाजन भएपछि देउवाले प्रतिपक्षीको साथ खोजेका हुन् । एमाले र कांग्रेसका शीर्ष नेताहरुसहित झण्डै २ घन्टा ओली र देउवाबीच आजै छलफल भएको छ । यो छलफललाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार आजको भेटमा एमालेका मागहरुको बारेमा सम्बोधन गर्ने गरी कुरा अघि बढेको छ । ‘सबै खालका विकल्पमा छलफल गरौँ भन्ने कुरा प्रधानमन्त्रीले राख्नुभएको छ,’ गगनले भने, ‘अहिले बेलुका उहाँहरु दुईजना बसेर थप छलफल हुन्छ ।’

एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनदेखि नै सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । साथै, आफ्ना १४ जना सांसदको पद जोगाएको आरोप लगाउँदै कारबाहीको सूची टाँस गर्नका लागि माग गरिरहेको छ । 

एमसिसीको बहस चर्को हुँदै गएपछि सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको छ । कांग्रेस गठबन्धन टुटाएरै भए पनि एमसिसी संसदबाट पास गराउने पक्षमा छ । उता, एमालेका नेताहरुले भने एमसिसीको बारेमा अहिलेसम्म कुनै आधिकारिक धारणा दिएका छैनन् । यद्यपि ओली सरकारमा हुँदादेखि नै यसमा एमाले सकारात्मक देखिँदै आएको छ ।

स्रोतका अनुसार आजको देउवा ओली भेटमा सभामुखविरुद्ध एमालेले महाभियोग ल्याउने, एक महिनाभित्र एमाले सातै प्रदेशसहित संघीय सरकारमा सहभागी हुनेलगायत सर्तमाथि छलफल भएको छ । 



ओली र देउवाको छलफलपछि ओलीलाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।



  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १७:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया