logo-img

एपिएफ ललितपुर मेयर च्याम्पियनसिपको फाइनल नजिक
बाहिरियो ललितपुर

ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिपमा साविक विजेता एपिएफ क्लबले लगातार तेस्रो जित हात पारेको छ । एपिएफले शुक्रबारको पहिलो खेलमा ललितपुर मेयर–११ लाई सात विकेटले हराएको हो ।

८१ रनको लक्ष्य एपिएफले १३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । एपिएफका लागि ओपनर ज्योति पाण्डेले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । ४५ बलको सामना गरेकी उनले ११ चौका प्रहार गरिन् ।

रोमा थापा ११ रनमा विजित रहँदा सरिता मगरले आठ रन बनाइन् । ललितपुरका लागि अनुराधा चौधरीले एक विकेट हात पार्दा दुई विकेट रन आउटको रूपमा प्राप्त भयो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रन बनायो ।

उसका लागि सुमन खतिवडाले सर्वाधिक ३० रनको योगदान दिँदा आरती बिँडारी २१ र कप्तान सरस्वती कुमारी चौधरी ९ रनमा अविजित रहे । एपिएफका लागि करुणा भण्डारी र सुमन विष्टले एक/एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो । 

योसँगै लगातार तेस्रो जित निकाल्दै ६ अंक जोडेको एपिएफ फाइनल नजिक पुग्दा लगातार तेस्रो पराजय बेहोरेको ललितपुर भने समूह चरणबाटै बाहिरिएको छ ।  





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ११:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया