प्रधानमन्त्रीले घाँटीमा गलगाँड बोकेर हिँडेका छन् : गोकुल बाँस्कोटा

नेकपा एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले घाँटीमा गलगाँड बोकेर हिँडेको बताएका छन् । 

शुक्रबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटाले यस्तो बताएका हुन् । 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तर्फ संकेत गर्दै हालको अवस्थामा प्रधानमन्त्री देउवालाई गठबन्धन निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताए । 

'अहिले परमादेशी सरकारका प्रधानमन्त्रीको घाँटीको वरिपरी झुण्डिएको गलागाँडहरूले उहाँलाई हैरान बनाएको अवस्था छ । यो अवस्थामा प्रधानमन्त्रीले या त गलगाँडसँगै जीवन बिताउने निर्णय गर्नुपर्यो । या त गलगाँड पन्छाउने काम गर्नुपर्यो,' उनले भने ।





  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार २०:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया