एमसिसी अघि बढाउन सबैथोक गर्ने एमाले पारित गर्ने बेला मूकदर्शक बन्यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसिसीका विषयमा प्रतिपक्षी दल मूकदर्शक भएर बसेको आरोप लगाएका छन् ।

मंगलबार संसदबाट पारित भएको एमसिसीबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै नेता नेपालले संसद प्रक्रिया सुरु गरेको एमालेले एमसिसी पारित गर्ने बेला मूकदर्शक बनेको बताएका हुन् ।

उनले एमालेले एमसिसी संसदमा पेस भएपछि आफ्नो धारणा बनाउने बताए पनि पछि न समर्थन गर्न सकेको न विरोध नै गरेको बताए ।

'न समर्थन न विरोध । अझै भन्ने हो भने एउटा प्रहसन जस्तो स्थिति बन्यो । जसले एमसिसी अगाडि बढाउन सारा थोक गर्‍यो ऊ मूकदर्शक भएर बसेको छ । यो के कारणले भन्दा हाम्रो पार्टीबाट आतंकित भएर हो । हाम्रा सांसदहरूको उपस्थिति देखेर विचलित भएर हो ।'

उनले आफ्नो पार्टी वैधानिक रूपमा स्थापित भएको पनि बताए ।





  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १४:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया