प्रधानमन्त्री देउवासँग प्रचण्ड-नेपालको भेटवार्ता
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका छन् ।

प्रधानमन्त्री देउवासँग अध्यक्षद्वय प्रचण्ड नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्  । प्रधानमन्त्री देउवालाई भेट्न बुधबार दिउँसो प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि उनीहरूबीच पहिलो पटक भेट भएको हो । एमसिसी आइतबार संसदबाट पारित भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पहिला प्रचण्ड र त्यसपछि नेपालले प्रधानमन्त्रीलाई भेटका थिए । उनीहरूबीच समसामयिक विषयमा सामान्य छलफल भएको बताइएको छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १६:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया