logo-img

गृहमन्त्रीसँग राजदूत बेरीले भने - व्याख्यात्मक घोषणामा पहिल्यैदेखि भन्दै आएका विषय समेटिए

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरीले शिष्टाचार भेट गरेका छन् । 

गृह मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो ।

सो अवसरमा  गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गरे । 

गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी अनुमोदन गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदासमेत दृढ र स्पष्ट विचार राख्दै आएको जानकारी गराएका थिए ।

'प्रधानमन्त्री देउवा एमसिसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसिसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो', सो अवसरमा गृहमन्त्री खाँणले भने, 'सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्न र एमसिसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित रहनुभएकाले सफलता प्राप्त भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।' 

गृहमन्त्री खाँणले नेपाल र अमेरिकाबीच रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको विषय बताउनुभएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।
 
राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसिसी अनुमोदन भएको जनाउँदै प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए । 



उनले भने, 'एमसिसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन् ।'

शरणार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने सरकारको निर्णय प्रशंसनीय भएको बताउँदै नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधैँ साथमा रहने विश्वास व्यक्त गरे ।



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १८:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया