logo-img

पीडित गायिका नाबालिग भएकोमा एलिनाको आशंका

गायिका एलिना चौहानले पल शाहविरुद्ध उजुरी दिएकी गायिका नाबालिग भएकोमा आशंका गरेकी छन् ।

उनले पीडित गायिका र पललाई छुट्टाछुट्टै सम्बोधन गर्दै लामो सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेकी छन् ।

उनले भनेकी छन्, 'तिमी नाबालिग हौ भनेर कहीँ प्रमाणित भएको अवस्था देखेको छैन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकी थियौँ तर कानुनले प्रमाणमा विश्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकी छौ होला ।'

उनले पीडित गायिकाले नाबालिग भएकै कारण सहानुभूति पाएको उल्लेख गर्दै प्रमाणित भएको खण्डमा कानुनले त्यसैअनुरुप न्याय दिने पनि उल्लेख गरेकी छन् ।

उनले पलप्रति सहानुभूति प्रकट गर्दै आफ्नो विचार राखेकी छन् । 'आज जुन आरोपले तपाईं प्रहरी हिरासतमा बस्नु परेको छ त्यो झूठो साबित भयो भने सबैभन्दा पहिला तपाईंको खुट्टा तान्नेहरूको अनुहार हेर्नुहोला र जीवनमा धेरै महँगो पाठ सिके भनेर महशुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जसले आफ्नो विपक्षमा ईर्ष्या बोलाउँदो रहेछ,' उनले भनेकी छन् ।

गायिका चौहानको स्ट्याटस



केही दिनदेखि सामाजिक सञ्जालमा चलिरहेको विषयमा मलाई केही भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो बिचार व्यक्त गर्नु होला ।

बहिनी समीक्षालाई



प्रिय समिक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाईला अघि बढाएका थियौ । अझ साहानुभुनती त तिमीले भनेझै तिमी नाबालिका भएर पाएकि छौ । तिमीसंगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र म बिच धेरै नजिकको सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनि रहेका कुराहरु कहिल्यौ सुनाएकि थिएनौ । हुन त आज तिमीले लगाएको पल दाजु प्रतिको आरोप के हो, त्यसको वास्तबिक्ता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनु । बाहिरको अफवाह झुठो भई तिमीले भनेझै सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कैपनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सहि कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केहि अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो बिपक्षामापनि उभिएका छन् । तिमी नाबालिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छुईन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकि थियौ तर कानुनले प्रमाणमा विस्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकि छौ होला । नाबालिका प्रमाणीत भएको खंडमा कानुनले त्यस्कै अनुरुप तिमीलाई न्याय दिनेछ । तिमी अन्यायमा परेकि हौ भने सबैले तिमीलाई मदत गर्नेछन् । मपनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।

दादा पललाई

आदरणीय दाई पल शाहा प्रति मेरो उत्तिकै सम्मान छ । तपाई मा लागेको आजको आरोपले तपाई प्रतिको सम्मानमा थोरैपनि बिचलित बनाएको छैन । एउटा सामान्य भिडियो इडिटर भएर कलाकारीता जगतमा छिरेर आज उभिनु भएको स्थानमा हजुर सजिलै पुग्नु भएको पक्कैपनि छैन । बिगतका दिनमा हजुरले गर्नु भएको समाज सेवाहरु सबैका लागी प्रेरणाको स्रोत बनेको थियो । हजुरसंग भएको सहकार्यमा म कहिल्यो निरास बन्नु परेको थिएन् । हजुरको काम प्रतिको लगनशील्ता र आत्मविश्वासले गीत संगीत क्षेत्रलाई अझ माथी उठाएको पक्कै हो । आज जुन आरोपले तपाई प्रहरी हिरासतमा बस्नु परेको छ त्यो झुठो साबित भयो भने सबैभन्दा पहिला तपाईको खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जिवनमा धेरै महंगो पाठ सिके भनेर महशुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जस्ले आफ्नो विपक्षमा ईर्ष्या बोलाउँदो रहेछ । हो त्यस्को आहारा भन्नु पर्यो तपाई आज । बाहिर आएको अडियोहरुमा के कतिको सत्यता छ त्यसलाई अहिलेनै बिचार गरी हाल्न सक्ने अवस्था र बौदिक्ता म मा छैन । हजुर स्वयं प्रहरीको रिरासतमा गई अनुसन्धानलाई सगाउनु नै ठूलो कुरा हो । लागेको आरोप झुठो ठहरीए तपाईसंगै मपनि खुशीको पात्र बन्ने छु ।

शुभचिन्तकलाई

आज गरेको कर्मले भोलीको आफ्नो भविष्य निर्धारण गर्छ । हिजो पल दाजुलाई हाई हाई भनेका शुभचिन्तक आज कोहि समिक्षा बहिनीलाई सहि मान्दै हुनु हुन्छ होल त कति समिक्षाका शुभचिन्तक उनि गलत हो भनेर बस्नु भएको होला । तपाईहरु त हाम्र लागी जिउँदो भग्वान हो । तपाईहरु बिना हामी अधुरा छौ । आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पिडा परेको झट्ट सुन्दा अर्को पक्षालाई नराम्रो लाग्नु स्वाभाविक हो । हो त्यसैको उदाहरण स्वरुप आज पक्ष बिपक्ष भई आ-आफ्नो मान्छेलाई साथ दिई रहनु भएको छ । तपाई दर्शकहरु कहिल्यौ गलत हुनु हुन्न र हुन सक्नुपनि हुन्न । तपाईहरुलाई गलत देख्ने त हामी गलत हौ । तपाईहरुसंग जन्मिदै रगतको नाता लिएर आएको होईनौ कि हरेक गलत कुरालाई तपाईहरु सहि मानि दिनु हुन्छ । तपाई दर्शकहरुको नगरमा जे गलत छ त्यो गलतनै हुनेछ ।

गीत संगीतमा बहिनी समिक्षा र दाजु पल ले गर्नु भएको योगदान अविस्मरणीय छ । न यो क्षेत्रले यती सानो उमेरमा यती मीठो गाउने अर्को समिक्षा पाउला न नै यती लगनशील नायक पाउला । यी दुवै पात्र यो क्षेत्रको लागी उत्तीनै आवस्यक छ र रहनेछपनि । दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन । दुवैको सहकार्यमा बनेको म्युजिक भिडियोले तारीफ मा तारीफ पाएको थियो । कसैले यो दिन आउँछ, सोचेको थिएन होला ।

कानुनका खाका पल्टाउँदै जाँदा को कति दोशी छ त्यो त भोली अदालतले आफ्नो फौसलामा समाबेस गर्ला र त्यहि बमोजिमको सजाय भोग्नै पर्ने हुन्छ । कानुन भन्दा माथी कोहि छैन त्यसैले कानुनको फौसला नमानेर कोहि बिजेता हुनेछैन । अब लडाई समिक्षा र पलको होईन न नै समिक्षा र पलले लड्नु पर्ने छ । अब कानुनमा रहेर कानुनका विद्धवानहरुले लडाई लड्ने छन् । हामी त बस सत्यताको पर्खाईमा छौ । थोरै ढिलो होला तर सत्य लुक्नेछैन । दुवैलाई शुभकामना ।

नोटः पिडित पक्षको नाम खुलाउन नमिल्ने भएतापनि सबैलाई थाहा भएको हुनाले मैले खुलाएकि हुँ । माथी उल्लेखीत कुराहरुमा म गलत भए माफि चाहान्छु ।

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १९:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया